राजनीति
उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान

काठमाडौं, पुस २६-
कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । उनी यसअघि पार्टीका संरक्षक मात्र थिए । शनिबार (पुस २६) अपराह्न काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता डा राजु थापाले जानकारी दिए ।
“उज्यालो नेपाल पार्टीका अध्यक्ष पदमा श्री कुलमान घिसिङज्यूलाई नियुक्त गरिएको औपचारिक घोषणा तथा नवनियुक्त अध्यक्षसँग समसामयिक घटनाक्रमको बारेमा प्रत्यक्ष प्रेस भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको व्यहोरा जानकारी गराउँदै तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ,” डा। थापाले भनेका छन् ।
यसबारे औपचारिक जानकारी दिन आजै साँझ पत्रकार सम्मेलन आयोजना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित एकता प्रक्रिया भंग भएसँगै उनी उज्यालो नेपालका अध्यक्ष बनेका हुन् । रास्वपासित एकता प्रक्रिया र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन कुलमानले ऊर्जामन्त्री पदबाट राजीनामा दिएका थिए ।
























