राजनीति

२० दशमलव २७ प्रतिशत नेपाली गरिबीको रेखामुनि

Banner

काठमाडौं पुस २५-
नेपालका २० दशमलव २७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीसम्बन्धी प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश सबैभन्दा गरिब प्रदेशका रूपमा देखिएको छ भने गण्डकी प्रदेश सबैभन्दा कम गरिबी दर भएको प्रदेश बनेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधि प्रयोग गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। सोही सर्वेक्षणका आधारमा कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले शुक्रबार गरिबीको लघुक्षेत्र अनुमान सार्वजनिक गर्दै नेपालको नयाँ गरिबीको रेखा निर्धारण गरिएको जानकारी दिए।

नयाँ गरिबीको रेखा अनुसार प्रतिव्यक्ति वार्षिक खर्च ७२ हजार ९०८ रुपैयाँभन्दा कम हुने व्यक्ति गरिबीको रेखामुनि वर्गीकृत गरिएको छ। यसअघि आर्थिक वर्ष २०६६र०६७ मा यो मापदण्ड १९ हजार २६१ रुपैयाँ थियो। नयाँ मापदण्डअनुसार देशका २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्।

क्षेत्रगत रूपमा हेर्दा शहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३४ दशमलव १६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ। सबैभन्दा कम गरिबी दर गण्डकी प्रदेशमा रहेको छ, जहाँ ११ दशमलव ८८ प्रतिशत जनसंख्या मात्र गरिबीको रेखामुनि छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>