देश/प्रदेश

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

Banner

पाल्हीनन्दन (नवलपरासी), पुस २१ –

अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् ।

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताउनुभयो । उहाँले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आउनुभएको छ ।

उहाँका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उहाँको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आउनुभएको छ । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>