राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

Banner

काठमाडौं,पुस २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो।

त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>