Breaking News
चरम लापरवाहीले मजदुरको मृत्यु भएपछि कजरिया टायल्स उद्योग बन्द,पिडित पक्षसंगको बार्ता मिलेन

मुक्ती तिवारी,
नवलपरासी,पुस १७-
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ स्थित कजरिया टायल्समा मृत अवस्थामा भेटिएका २ जना मजदुरको शव पोस्ट मार्टमका लागि उठाइएको छ । बर्दघाट नगरपालिकाको रोहबरमा पिडितको माग सम्बोधन नहुदासम्म उद्योग बन्द गर्ने र शवको पोस्टमार्टम गर्ने , पीडितले पाउने राहात र क्षतिपूर्ति बारे उद्योगका आधिकारिक ब्यक्तिको रोहबरमा बार्ता बस्ने सहमती भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले बताउनुभयो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पिडित पक्षको माग सम्बोधन नहुदासम्म उद्योग बन्द रहने सर्वपक्षीय सम्झौता भएको जानकारी दिनुभयो। बुधबार बेलुका काममा गएका नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १३ का ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमारको पौष १७ गते उद्योग भित्र मृत अवस्थामा भेटिएका थिए । प्रहरी आएर हेर्दा ग्यासी फायर पोकिङ फ्लोरमा कागजको गत्ता ओच्छ्याएर सुतिरहेको अवस्थामा दुई मजदुरको शव फेला पछि मृतकका आफन्तीले दिनभर प्रदर्शन गरेका थिए । प्रहरी र आफन्तीले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही लगिएको छ ।
कजरिया टायल्स उद्योगका प्रबन्धक हिमान्सु अग्रवालले दुखद घटना घटेको र यस बिषयमा आफुहरुले पनि बुझीरहेको र घटना के कति कारणले भएको हो भन्ने बिसयमा पोस्टमार्टम गरेपछी यथार्थ कुरा आउने बताउनु भयो । मृतकका आफन्तीले १ करोड रुपैया राहत रकमसंगै रोजगारी र मृतकका सन्तानको उच्च शिक्षा सम्मको माग राखेका छ्न ।


























