राजनीति
महामन्त्रीद्धय गगन–विश्वले गरे नियमित महाधिवेशन स्थगितको घोषणा

काठमाडौँ, पुस १७-
नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका लागि अगाडि बढेसँगै पार्टीभित्रको विवाद फूटतर्फ अग्रसर भएको टिप्पणी भइरहेको छ।
यसैबिचमा दुवै महामन्त्रीले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। दुवै जनाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘नियमित महाधिवेशन स्थगन/विकल्प विशेष महाधिवेशन’ भनिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सकिएको बैठकले पुस २६ देखि २८ गतेसम्मका लागि १५ औँ महाधिवेशनको मिति तय गरेको थियो। सो महाधिवेशन क्रियाशील सदस्यताको काम नटुंगिएकाले असम्भव बनेको छ।
सोही महाधिवेशनको कार्य तालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी जारी ‘सूचनामार्फत स्थगित गरिएको’ महामन्त्रीहरूले घोषणा गरेका छन्। विज्ञप्तिमा नियमित महाधिवेशनको कार्य तालिका स्थगित भए पनि क्रियाशील सदस्यता इन्ट्रीको काम जारी राख्न भनिएको छ।
‘अतः पार्टी विधानको दफा (७)२ बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ,
























