Breaking News

रास्वपाको समानुपातिक बन्दसूचीमा चितवनका मात्रै २२ जना, को-को परे ?

Banner

चितवन, पुस १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनका २२ जना समावेश भएका छन् । सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर पठाएको ११० जनाका नामावलीमा चितवनका मात्रै २२ जना परेको रास्वपा चितवनका सभापति कृष्ण भूषालले जानकारी दिए । बन्द सूचिमा चितवनका २१ जना लेखिएपनि सविना मियाँ पनि चितवनबाट नै सिफारिसमा परेको उनले बताए ।

‘बन्द सूचीमा पर्नुभएका व्यक्तिको नागरिकता चितवनको तर अधिकांशको बसोबास अन्य जिल्लामा छ,’ उनले भने ‘चितवनको भोटर को-को हुनुहुन्छ हामीले छुट्टाउन बाँकी छ ।’ उनका अनुसार पार्टीको अन्तरिक निर्वाचन मार्फत चितवनबाट मनोहर प्रधान, प्रभा ढकाल र समिना मिया गरी तीन जना मात्र सिफारीस भएका थिए । पार्टी सभापति भुषालले कतिपय व्यक्ति विवेकशिल साझा, बालेन र कुलमान समुहबाट सिफारिस भएका कारण जिल्लाबासी छुट्टाउन कठिन भएको बताए ।

समानुपातिकको बन्दसूचीमा चितवनबाट आदिवासी जनजाति तर्फ पाँच जना, खस आर्य तर्फ १५ र एक जना मुस्लिम समुदाय तर्फबाट बन्द सूचीमा परेका छन् । आदिवासी जनताति तर्फ डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लक्पा शेर्पा र सुरेश गुरुङको नाम बन्दसूचीमा परेको छ ।

यस्तै खस आर्य तर्फबाट सचिन ढकाल, सुदिप ढकाल, अनुप कुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भूषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीता देवी पाण्डे, सरला लामिछाने र प्रभाव ढकाल रहेका छन् । लामिछाने उज्यालो नेपाल पार्टीबाट बन्द सूचीमा परेकी हुन् ।

चितवनपछि रास्वपाले मोरङ जिल्लाबाट १४ जनाको नाम समानुपाति तर्फको बन्दसूचिमा राखेको छ । सूदुरपश्चिमका आठ जिल्लाबाट भने एक जनाको पनि नाम सिफारिस भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>