राजनीति

प्रचण्डले सञ्चारमन्त्रीलाई भने- फागुन २१ मै चुनाव हुनुपर्छ

Banner

काठमाडौं, पुस ११-

सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा फागुन २१ मा चुनाव हुनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

चुनावको विकल्प नभएको र फागुन २१ मा चुनाव हुनुपर्ने प्रचण्डको भनाइ रहेको सञ्चारमन्त्री खरेले बताए । प्रचण्डलाई भेटेपछि सञ्चारमन्त्री खरेल भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>