राजनीति

पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

Banner

काठमाडौं,पुस १०-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नेतृत्व परिवर्तन नभए आगामी चुनाव नलड्ने घोषणा गरेका छन् । बिहीबार (पुस १०) को कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए चुनाव नै नलड्ने घोषणा गरेका हुन् ।

आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ । नेतृत्व परिवर्तन नगरी चुनावमा जान सम्भव छैन,महामन्त्री थापाको भानाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, नेतृत्व परिवर्तन नगरिकन चुनावमा जाने हो भने तपाईंहरू जो-जो लड्ने हो चुनाव लड्नुहोस् । मचाहिँ चुनाव लड्दिनँ ।  थापाले नेपाली कांग्रेसको महाधिवेशन अब कांग्रेसको मात्र सरोकारको विषय नभएको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>