राजनीति

जेनजीलाई बोलाएर बालेनले भने– ‘चुनावमा होमिएँ, सहकार्य गरौँ’

Banner

काठमाडौं, पुस १०-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू चुनावमा होमिएको बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूलाई बोलाएर उनले आफू चुनावमा होमिएको बारेमा बताएका हुन् । उनले सहकार्यका लागि पनि आग्रह गरेका थिए । ‘म चुनावमा होमिए, अब सहकार्य गरौँ,’-उनले भने ।

बालेनले बोलाएको छलफलमा जेनजी सुधन गुरूङ, रक्षा बम, प्रदीप ज्ञवाली, पुरूषोत्तम यादव सहभागी थिए । बालेनले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतसँग पनि भेटेका थिए ।

भट्टराईसँगको भेटमा पनि बालेनले आफू राजनीतिमा आएको र अभिभावकका रुपमा सल्लाह, सुझाव दिन आग्रह गरेका थिए । बालेनले भट्टराईलाई भनेका थिए, ‘म राजनीतिमा आए, अभिभावकका रूपमा सल्लाह सुझाव दिनुपर्‍यो ।’ बालेनले फोन गरेरै बोलाएपछि आफू आएको बाबुरामले भेटेपछि प्रतिक्रिया दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>