राजनीति

कांग्रेसले गर्‍यो १९ जनाको नाम प्रदेश सभाको बन्द सूचीबाट हटाउने निर्णय

Banner

काठमाडौँ, पुस ९-

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १९ जना नेताको नाम प्रदेश सभाको समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ। बुधबार बसेको बैठकले प्रदेशसभा बन्दसूचीबाट हटाएर अन्यमा जान चाहने नेताको नाम हटाउने निर्णय गरेको हो।

‘१९ जना प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीबाट नाम हटाएर प्रतिनिधिसभाको समानुपातिकको बन्द सूची अथवा अन्यमा जान चाहनुहुन्थ्यो उहाँहरूको सूची पढियो र त्यसलाई पास गरिएको छ,’ बैठक पछि प्रवक्ता डा.प्रकाशशरण महतले भने। यो निर्णयको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय पनि भएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>