राजनीति

जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष साह

Banner

काठमाडौँ, पुस ९-
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको बताउनुभयो ।

भ्रष्टाचार, बेथिति र दलिय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो । .बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>