राजनीति

जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी

Banner

काठमाडौं, पुस ७-

जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ ।

केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी रहेको बयान सकेपछि आयोगले ओली र लेखकलाई बयानका लागि पत्र पठाउनेछ । आयोगले कम्तीमा पनि एक साताको समय दिने गरी पत्र पठाउने तयारी गरेको हो ।

आयोगले अहिले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान गरिरहेको छ भने अहिलेका आईजीपी एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही भाग बाँकी छ । एक, दुई दिनमा बयान सकेपछि आयोगले पत्रको तयारी गर्नेछ ।

आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मीहरू परिचालन गरेर उनीहरूकोमा म्याद तामेल गर्नेछ । गृहमन्त्री रमेश लेखकले पूर्वसूचना भए आफू कुनै पनि दिन आएर आयोगमा आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यलाई पठाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>