राजनीति

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

Banner

काठमाडौं, पुस ६-

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ। शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए।

रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजे भेट हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल पनि सहभागी हुनेछन्। लामिछानले चितवनबाट आफ्नो पार्टी वर्तमान सरकारको पक्षमा सतिसाल भएर खडा हुने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>