राजनीति

कांग्रेस सभापतिसहित शीर्ष नेताले गरेनन् प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर

Banner

काठमाडौं, पुस ६-

प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। सभा पुनर्स्थापनाका पक्षमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले हस्ताक्षर नगरेका हुन् ।

निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा सर्वोच्च अदालतमा रिट दिएका छन्। सोही रिटमा पक्ष कायम गर्न कांग्रेसका थप सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।

कांग्रेसका निवर्तमान ८८ जना सांसदहरूमध्ये आइतबार दिउँसोसम्म ६६ जना सांसदहरूले हस्ताक्षर गरेको संसदीय कार्यालय स्रोतले जनाएको छ। तर, सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालासहित केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>