राजनीति

पार्टी होइन, भत्केको यो देश बनाउन चाहन्छुः हर्क साम्पाङ

Banner

काठमाडौं,पुस ५-

श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफू दल बनाउन नभई देश बनाउन हिँडिरहेको बताएका छन् । शनिबार (पुस ५) श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा उनले आफू कार्यकर्ता खोज्न र पार्टी नभई देश बनाउन हिँडिरहेको बताएका हुन् ।

देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउन साथ दिन उनले आह्वान गरे । उनले देशका हरेक मान्छेले केही न केही काम गरे समृद्धिको आधार आफैँ निर्माण हुने बताए । बाटो, पुललगायत सबै पूर्वाधार निर्माणका निम्ति विदेशीसँग सहयोग माग्ने प्रवृत्तिका कारण अरू देशले नेपाललाई हेपेको उनले टिप्पणी गरे ।

उनले ढल्दै गरेको राष्ट्रिय स्वाभिमानलाई सबै मिलेर उठाउनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>