देश/प्रदेश

जाडोमा कागती पानी पिउनुका फाइदा

Banner

काठमाडौँ , पुस ०५ –

जाडो मौसममा तातो पेय पदार्थ बढी रुचाइए पनि कागती पानी स्वास्थ्यका लागि एक सदावहार र प्रभावकारी विकल्प हो। कागतीमा हुने भिटामिन सी, एन्टिअक्सिडेन्ट र डिटोक्सिफाइङ गुणले चिसोमा पनि शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।

तर जाडोमा यसको सेवन गर्दा केही कुरामा ध्यान नदिए यसले फाइदाको सट्टा बेफाइदा पनि गर्न सक्छ। त्यसैले जाडोमा कागती पानी पिउनुअघि यसका सबल र दुर्बल पक्षबारे जानकारी हुनु आवश्यक छ।

जाडोमा कागती पानी पिउनुका अनेकौँ फाइदा छन्। यसमा पाइने प्रचुर भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाएर चिसोमा लाग्ने रुघाखोकी जस्ता संक्रमणबाट बचाउँछ।

 

मनतातो पानीमा कागती मिसाएर पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र मेटाबोलिजममा सुधार आउँछ। जाडोमा पाचन प्रणाली प्रायः सुस्त हुने भएकाले यसले ग्यास्ट्रिक, कब्जियत र पेट फुल्ने समस्या कम गर्न मद्दत गर्छ।

 

बिहानै मनतातो कागती पानी पिउँदा बोसो डढाउन मद्दत पुग्ने भएकाले तौल नियन्त्रणमा पनि यो सहयोगी हुन्छ। साथै, चिसोले फुस्रो हुने छालालाई प्राकृतिक चमक दिन र शरीरमा पानीको मात्रा कम हुन नदिन पनि कागती पानी उपयोगी मानिन्छ।

 

यद्यपि, जाडोमा कागती पानी पिउँदा केही सावधानी अपनाउनु जरुरी छ। धेरै चिसो पानीमा कागती मिसाएर पिउँदा घाँटी दुख्ने वा रुघा लाग्ने समस्या हुन सक्छ, त्यसैले सधैँ मनतातो पानी प्रयोग गर्नु उचित हुन्छ।

कसैलाई खाली पेटमा कागती पानी पिउँदा एसिडिटी वा पेट पोल्ने समस्या हुन सक्छ। कागतीमा हुने अम्लीयपनले दाँतको बाहिरी तह ९इनामेल० लाई कमजोर बनाउन सक्ने भएकाले स्ट्र प्रयोग गरेर पिउनु वा पिएपछि सादा पानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ।

धेरै मात्रामा यसको सेवनले शरीरको सन्तुलन बिगार्न सक्ने भएकाले ठिक्क मात्रामा मात्र पिउनु बुद्धिमानी हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>