राजनीति
ओली प्यानलबाट गुरु बराल र विष्णु रिमाल पराजित
०

काठमाडौं, पुस ३-
नेकपा एमालेका अध्यक्ष केपी ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन्। ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल पराजित भएका हुन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुँदा बराल ११ सय ३७ मत ल्याएर पराजित भएका हुन्। उपाध्यक्षमा विजयी विष्ट ईश्वर पोखरेल प्यानलका हुन्।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुँदा रिमाल १ हजार ९१ मत ल्याएर हारेका हुन्। उनी यसअघि पनि उपमहासचिव नै थिए। रिमाल हार्दा पोखरेल प्यानलबाट भट्टराईले जिते।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























