राजनीति

आगामी महाधिवेशनमा सभापतिको उमेदवार हुन्छु: डा.शेखर कोइराला

Banner

विराटनगर, पुस २-

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।

आफूहरूले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कोइरालाको भनाइ छ । तोकिएको समयमा निर्वाचन नभए संसद पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उमेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।

कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उमेदवार हुन नमिल्ने बताए । तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>