राजनीति
पार्टीका उपाध्यक्ष नै पक्राउ परेपछि बोले हर्क साम्पाङ,भने- प्रतिशोध हो भने विरोध हुन्छ

काठमाडौं,पुस १-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति सार्वजनिक प्रतिक्रिया दिएका छन्। विष्फोटक पदार्थसम्बन्धी कसुरमा पार्टीका उपाध्यक्ष पक्राउ परेपछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
पार्टीका उपाध्यक्षसमेत रहेका कुमार भनिने राजकुमार तामाङ (लामा) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेको थियो। उक्त पक्राउपछि मंगलबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले दोषी ठहर भए पार्टीले बचाउको प्रयास नगर्ने तर निर्दोष भए अन्याय र प्रतिशोधको विरोध गर्ने स्पष्ट पारेका छन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाऊको प्रयास गर्ने छैनौँ। तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुनेनै छ। जय माटो ! जय देश !’
























