राजनीति

एमाले झनै शक्तिशाली भएको छः महासचिव पोखरेल

Banner

काठमाडौं, मंसिर २७-

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कमजोर नभई झनै शक्तिशाली भएको बताएका छन् ।

आज (शनिबार) भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उनले भने, “नेपालको इतिहासमा २३ र २४ गते राष्ट्रविरोधी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्त्वको घुसपैठले एमालेलाई कमजोर बनाउने प्रयत्न गरे पनि शक्तिशाली भएको छ ।”

युवाको भावनामा खेलेर मुलुकलाई अध्याँरो सुरुङमा लैजाने प्रयास गरिएको उनले उल्लेख गरे । तर, मुलुकलाई एमालेले अघि बढाउने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>