चितवन विशेष

टिकटक बनाउन खोज्दा नारायणीमा डुबेर एक युवक बेपत्ता

Banner

चितवन,मंसिर २२-

पूर्वी नवलपरासीको गैंडाकोटमा टिकटक भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब ५ बजेतिर गैंडाकोटस्थित नारायणी नदीमा भिडियो खिच्दै गरेका तरुण भण्डारी अचानक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकका अनुसार भण्डारी नारायणी नदीमा निर्माणाधीन पानीजहाज परियोजनामा कार्यरत मजदुर हुन्। उनले टिकटक बनाउन साथी शिव भट्टराईलाई आफ्नै मोबाइल दिएर भिडियो खिच्न लगाएका थिए। भिडियो खिच्ने क्रममा एकाएक नदीमा पुगेका भण्डारी बेपत्ता भएपछि साथी र स्थानीयले खोजतलास गरे पनि फेला परेनन्। अहिले इलाका प्रहरी कार्यालय गैडाकोट र गोताखोर टोलीले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

बेपत्ता भएका २१ वर्षीय तरुण भण्डारी बैतडी निवासी हुन्। उनी गैडाकोट–८, कुशुमघाटस्थित राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमा काम गर्दै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>