राजनीति
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य श्रेष्ठद्धारा हेटौँडापीडितको साथमा भन्दै राजीनामा घोषणा
०

काठमाडौँ , मंसिर २० –
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले हेटौँडामा सडक विस्तारका लागि घर टहरा भत्काउन थालिएपछि पीडितको साथमा भन्दै राजीनामा घोषणा गरेकी छन्।
हेटौँडामा सडक डिभिजनले सडक क्षेत्रभित्र परेका संरचनामा आज शनिबार (बिहानै) देखि डोजर चलाउन थालेपछि श्रेष्ठले सामाजिक सञ्जालमा पीडितको साथमा भन्दै उज्यालो पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा घोषणा गरेकी हुन्।
श्रेष्ठले सामाजिक सञ्जालमा भनेकी छन्, म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकता ले दिएन। म हेटौँडापीडितको साथ छु।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























