चितवन विशेष

चितवनमा ‘Gen-Z’ ले पारेको प्रभाव बारे वक्तृत्वकला प्रतियोगिता हुने

Banner

चितवन, मंसिर १७–

लियो क्लफ अफ चितवन माउन्ट एभरेस्ट र लियो क्लफ अफ नारायणगढ चित्रवनको संयुक्त आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको छ ।

यही मंसिर २६ गते चितवन मावि प्राङगणमा प्रतियोगिता आयोजना हुन लागेको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले ‘‘Gen-Z’ आन्दोलनले विद्यार्थीमा पारेको प्रभाव’ विषयमा आफ्नो विचार प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

वक्तृत्व कलाको विकास, विद्यार्थीको आत्मविश्वास वृद्धि तथा सार्वजनिक अभिव्यक्ति क्षमताको सुदृढीकरण उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रमले विद्यार्थीहरूलाई समसामयिक विषयमा गहिरो अध्ययन, विश्लेषण र अभिव्यक्तिको अभ्यास गर्न सहयोग पुर्‍याउने आयोजक संस्थाले विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>