देश/प्रदेश
नवलपुरमा थपिए नौ हजार मतदाता
०

त्रिवेणी (नवलपरासी), मङ्सिर १६ –
जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराएका छन् ।
यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























