राजनीति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
०

पाटन (ललितपुर), मङ्सिर १५ –
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको छ ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अहिले दिउँसो २ः४५ बजेदेखि केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा सुरु भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले दिनुभएको जानकारीअनुसार आजको बैठकमा आगामि पुस २६ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गर्नुहुने कार्यसूची छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























