राजनीति
आज पोखरामा नेकपाको एकता सन्देश सभा
०

पोखरा,मंसिर १४-
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ। शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आइतबार गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।
अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























