Breaking News

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय, आइतबार घोषणासभा

Banner

काठमाडौं, मंसिर १०-

विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुबीकरण रएकीकरण प्रस्तावुलाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय पारित गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

‘जेनजी विद्रोहुले रास्वपासँगको एकीकरणलाई तीव्रतर बनाइदिएको परियारको टिप्पणी छ ।’निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरणूको निर्णय भएको परियारको भनाइ छ ।

एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीमा चाँडै टुंग्याइने र आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुने प्रवक्ता प्रधानले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>