राजनीति

युवाहरूलाई शिक्षा मन्त्री पुनको प्रश्न- सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन, खोइ कुरा बुझेको ?

Banner

काठमाडौँ, मंसिर १०-

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई आग्रह गरेका छन् ।

जेनजीका अनेक समूहले हरेक दिन प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबारमा हुलदंगा गरिरहेका बेला मन्त्री पुनले भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु भएको स्मरण गरेका छन् ।
‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलको युवा पुस्तासहित भाबी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो,’ फेसबुकमा उनले लेखेका छन्, ‘बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छ ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>