Breaking News

टी-२० विश्वकपः नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्ने, पहिलो खेल इंग्ल्यान्डसँग

Banner

काठमाडौँ,मंसिर ९ –

२०२६ को टी–२० विश्वकपमा नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्ने भएको छ। समूह ‘सी’मा रहेको नेपालले पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकपको उद्घाटन गर्नेछ। त्यस्तै, नेपालले समूह चरणको आफ्नो दोस्रो खेल १२ फेब्रुअरीमा इटालीसँग खेल्दा १५ फेब्रुअरीमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। समूहचरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १७ फेब्रुअरीमा खेल्नेछ।

२० टोलीलाई चार समूहमा विभाजन गरेर प्रतियोगिताको समूहचरणमा प्रतिस्पर्धा हुँदै छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका नामिबिया र नेदरल्यान्ड रहँदा समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन्। त्यस्तै, समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्टइन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै, समूह ‘डी’ मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र युएई रहेका छन्।

प्रतियोगिता भारत र श्रीलंकाका ७ शहरका ८ स्टेडियममा हुनेछ। २९ दिनमा कुल ५५ खेलको आयोजना हुँदै छ। प्रतियोगिताको उद्घाटन खेल भारत र अमेरिकाबीच ७ फेब्रुअरीमा हुनेछ। भारतका पाँच र श्रीलंकाका ३ खेल मैदानमा खेलहरु हुनेछन्। पाकिस्तानका सबै खेल श्रीलंकामा हुनेछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>