देश/प्रदेश
उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान
०

काठमाडौँ, ९ मङ्सिर-
मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाउनुभएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति हुनुभएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























