राजनीति

प्रधानमन्त्रीको सचिवालयले भन्यो – विधिसम्मत आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई नियुक्त गरिएको हो

Banner

काठमाडौं , मंसिर ८ –

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्तलाई नियुक्ति दिइएको भन्दै आलोचना भएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्रीले विधिसम्मत आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको दाबी गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेको र वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो,” ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार नै नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । “स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ,” विज्ञप्तिमा उल्लेख छ ।

कार्यविधिअनुसार स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी भए पनि चारजना मात्रै नियुक्त गरिएको सचिवालयको भनाइ छ ।

“जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरूपको आचरण र व्यवहार गर्दै आउनुभएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनी निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको पनि सचिवालयले दाबी गरेको छ ।

यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकाले त्यसो नगरिदिन हुन पनि सचिवालयले अनुरोध छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>