चितवन विशेष
सरकारले सहकारी पीडितको पक्षमा काम नगरेको गुनासो
०

चितवन, मंसिर ६–
चितवनका सहकारी पीडितले अहिलेको सरकारले पनि आफूहरुको पक्षमा काम नगरेको दुखेसो पोखेका छन् ।
साहारा, सनराइज र नेपाल सहकारीका बचत कर्ताले आज चितवनमा पत्रकार सम्मेलन गरेर अहिलेसम्म सरकारले पीडितको पक्षमा काम गर्न नसकेको बताएका हुन् । नयाँ सरकार बनेपछि न्याय पाइनेमा आफूहरू आशावादी भएपनि अहिलेको सरकारले अझैसम्म सहकारी पीडितको पक्षमा नबोलेको साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिक दवाडीले बताए । उनीहरुले तिनै सहकारीहरुलाई संकटग्रष्त घोषणा गरेर पीडितहरुको बचत फिर्ता गरिदिन माग समेत गरेका छन् ।
संयोजक दवाडीले अध्यादेश ल्याएर भएपनि जनताको पैसा फिर्ता गर्न वातावरण मिलाउन सरकारलाई आह्वान समेत गरे । उनले नेपालमा ७४ लाख सहकारी पीडित रहेको बताउँदै आगामि निर्वाचनमा लिखित प्रतिवद्धता लिएर मात्र उम्मेदवारलाई मत दिने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























