राजनीति

दुर्गा प्रसाईंका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ

Banner

काठमाडौं,मंसिर ३-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

त्यसमध्ये ८ जनालाई रिहा गरेर खड्कालाई भने अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रसाईंलाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोप छ। प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको प्रहरीले खड्कालाई पनि अभद्र व्यवहारमा थुनामा राखेको हो।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>