चितवन विशेष

नारायणगढ जेसीज सप्ताहः पोषण सम्बन्धि विज्ञसंग छलफल

Banner

चितवन, कार्तिक २९–

युवाहरुको सामाजिक संस्था नारायणगढ जेसीजले ‘जेसीज सप्ताह–२०२५’ अन्तरगत सबैको लागि पोषण भन्ने नारासहित विज्ञसंग छलफल कार्यक्रम गरेको छ ।

सामुदायिक सेवा केन्द्र नारायणगढमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा नं.३ का वडा अध्यक्ष विकास थापा रहेका थिए । कार्यक्रममा पोषण विज्ञहरुले यसको महत्व, पोषणतत्व पाइने खानेकुरालगायतको विषयमा जानकारी दिएको जेसीज सप्ताह मुल संयोजक सिनेटर सन्तोष पण्डितले जानकारी दिए ।

जेसीजका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सल्लाहकार विकासमान श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष अर्जुन अधिकारी, वडा नं.३ का सम्पूर्ण टोलबासीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक सुशिल सापकोटाले जानकारी दिए ।

कार्यक्रमको संचालन रामबाबु पुडासैनीले गरेका थिए । जेसीजले सप्ताह अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>