राजनीति
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली
०

गुल्मी , कात्तिक २९ –
नेपाल कम्युनिष्ट पार्टी (एमार्लेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भन्नुभयो ।
नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताउनुभयो । हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गर्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























