चितवन विशेष

बिआइटिएम अध्ययन गर्ने विद्यार्थीलाई सेन्ट्रल मोडेल कलेजमा ५० हजारदेखि १ लाखसम्म छात्रबृत्ति

Banner

भरतपुर,कात्तिक २८-

सेन्ट्रल मोडेल कलेज भरतपुरले बिआइटिएम (व्याजलर इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट) अध्ययनका लागि आउने विद्यार्थीका लागि बिशेष छात्रबृत्ति प्रदान गर्ने भएको छ । कलेजले एक हप्ताको अवधिमा भर्ना गर्न आउने विद्यार्थीका लागि ५० हजारदेखि १ लाखसम्म छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले कलेजले चितवन, नवलपुरका सबै पालिका र तनहुँको देवघाट र आबुखैरहनी गाउँपालिका र ति पालिकाका वडा तथा त्यहाँका सामुदायीक र संस्थागत  विद्यालयको सिफारिसमा आउने विद्यार्थीका लागि छात्रबृत्ति घोषणा गरेको जानकारी दिनुभयो । प्सटुमा ३ जिपिए भन्दा माथि अंक ल्याएका जेहेनदार र विपन्न विद्यार्थीलाई यो सुविधा उपलब्ध गराइने प्रिन्सिपल पौडेलेले बताउनुभयो । उहाँले छात्रबृत्ति प्राप्त गर्नका लागि विद्यार्थीले अनिवार्य रुपमा सिफारिस लिएर आउनुपर्ने हुन्छ ।

कलेजले प्लसटुको मौका परीक्षामा उत्तिर्ण सबै विद्यार्थीलाई बधाई दिँदै भोलि (शनिवार) हुने सिम्याट परीक्षामा सबै विद्यार्थीलाई सफलताको शुभकामना दिउको छ । स्थापनाको बर्षमै उत्कृष्ट नतिजा दिन सफल कलेजले विद्यार्थीका लागि लर्निङ बाइ डोइङ आधारित कार्यक्रम, बुक फ्रि फ्राइडे, फिल्ड भिजिट, र चितवन आइटी हव एक्सपोजर जस्ता अवसर प्रदान गर्दै आधुनिक प्रविधि र व्यवस्थापन दुवै क्षेत्रमा व्यवहारिक दक्षता हासिल गर्न सिकाउँदै आएको छ । कलेजका प्रिन्सिपल डा.टिआर चालिसे भन्नुहुन्छ, बिआइटिएम केवल सूचना प्रविधिको अध्ययन होइन,भविष्यका डिजिटल लिडर तयार पार्ने अभ्यास हो । त्यसका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा सम्भव छ ।

कलेजका अध्यक्ष पौडेलले कलेजले आइटी र म्यानेजमेन्ट दुवै क्षेत्रमा व्यवहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई सफल भविष्यतर्फ अग्रसर गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालमै अवसर छैन भन्ने सोच गलत हो,अवसर देशमा होइन सोचमा हुनुपर्छ । उहाँले विदेशमा लाखौं खर्च गरेर पाइने गुणस्तरिय व्यवहारिक शिक्षा यहाँ सर्वसुलभ रुपमा उपलब्ध गराउछौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको बिआइटिए र बिएचएम कार्यक्रमले विद्यार्थीहरुलाई विभिन्न सुविधा उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>