राजनीति
शिक्षामन्त्रीको व्यंग्यः बल्ल थाहा भयो,निकोलस भाइले कसरी हरेक नेपालीलाई करोडपति बनाउने रहेछ भन्ने कुरा
०

काठमाडौं,कात्तिक २७-
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले डा. निकोलस भुसालविरुद्ध व्यंग्य गरेका छन्। भुसालले आफू प्रधानमन्त्री बने हरेक नेपालीलाई करोडपति बनाइने भनेर गरेको दाबीप्रति मन्त्री पुनले कटाक्ष गरेका हुन्।
शिक्षामन्त्री पुनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ए ! बल्ल थाहा भयो- निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा। हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रेि। त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ?’
भुसाल समाजको शान्ति सुरक्षा भाँड्ने अभिव्यक्ति दिएको आरोपमा यही कात्तिक १८ गते पक्राउ परेर ५० हजार धरौटी बुझाई कात्तिक २५ गते रिहा भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























