राजनीति
रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा
०

काठमाडौँ , कात्तिक २७ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामाथि उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा आज पेशी तोकिएको छ।
उच्च अदालतको दैनिक पेशी सूची अनुसार, न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ। इजलास नं। १ मा पेशी तोकिएको लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि राखिएको छ।
गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। प्रतिलिपि आएसँगै आज पेशी तोकिएको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























