राजनीति

प्रत्यक्ष कार्यकारीले देशका सबै समस्या समाधान गर्छ भन्ने ठान्नु मूर्खता होः अधिकारी

Banner

काठमाडौँ , कार्तिक २५ –

नेपाली काँग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरु समाधान गर्छ भन्नु मूर्खता मात्रै हुने बताउनुभएको छ ।

मंगलबार  नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका नेताहरु पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन अवस्था के होला ? भन्दै प्रश्न गर्नुभयो । दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? भन्नु मूर्खता मात्रै हुने बताउनु भयो । समानुपातिक, समावेशी, संघीयताको कुरा ठट्टाको विषय नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२० वर्ष अगाडिको सारंगी अहिले बजाउँदैछन् भन्नुभयो । तीन वटा मुख्य दलको नेताको त्यो पदमा पुगेपछि हेर्नुस् प्रवृत्ति । जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन् । तिनले सत्ता पाए भने छोड्छन् ? दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? जाति, जनजाति, भाषाहरुको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ । समानुपातिक, समावेशी, संघीयताको कुरा जुन छ । यो ठट्टाको विषय होइन । ख्यालख्यालमा आएको होइन ।’

उहाँले लोकतन्त्र र गणतन्त्र सबैले चाहेको उल्लेख गर्दै विविधताले भरिपूर्ण नेपालमा सबै मिलेर बस्नुपर्ने बताउनु भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>