Breaking News

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि तनाव

Banner

चितवन, कात्तिक २४-

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको छ । पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार संगीताको मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही उनको मृत्यु भएको भन्दै आज (सोमबार) अस्पतालमा नाराबाजी गरेका हुन्। मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन्।

आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो। २२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राति ११ः४० मा मृत्यु भएको थियो।

अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रस्तूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको दावी गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>