कावासोती
नवलपुरको कावासोतीमा सात तलाको सेन्ट्रल टावरको उद्घाटन

कावासोती,कात्तिक २४-
चितवन नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै भवन (सेन्ट्रल टावर) निर्माण गरेको छ । कावासोती नगरपालिका वडा नम्वर ८ शैक्षिक चोकमा निर्माण गरिएको भवनको सोमबार उद्घाटन गरियो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले भवन उद्घाटन गर्दै नवलपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरेर सात तलाको भवन निर्माण गरिएको जानकारी दिनुभयो । भवन निर्माणको काम एसवन विल्डर्सले गरेको हो ।
यसअघि नारायणगढ (भरतपुर ओरालो)मा सुविधासम्पन्न अत्याधुनिक सेन्ट्रल टावर भवन निर्माण गरेर सेवा प्रदान भइरहेको छ । कलेजले दुबै ठाउँमा आफ्नै जग्गामा भवन निर्माण गरेको पौडेलले बताउनुभयो । नारायणगढमा निर्माण गरिएको सेन्ट्रल टावर नौ तलाको छ ।
प्रिन्सिपल पौडेलका अनुसार भवन लिफ्टसहित प्रविधि मैत्री छ । ‘सेन्ट्रल टावर अत्याधुनिक रुपमा निर्माण गरिएको छ, सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिएको छ ,उहाँले भन्नुभयो ।’ पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताउनुभयो ।
बिद्यार्थीका लागि सेन्ट्रल कलेजले आफ्नै बस सेवा समेत संचालन गरिरहेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले पाँचवटा बस सञ्चालनमा ल्याएको छ । सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए,युरोप,कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ ।
बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको र अष्ट्रेलिया र साउथ कोरियामा पनि संचालनको तयारीमा रहेको छ । यस्तै सेन्ट्रल गु्रपले स्टडी इन नेपाललाई प्राथमिकता दिँदै सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विएचएम र विआइटिएमका कक्षाहरु संचालन गरिरहेको छ ।
























