चितवन विशेष

बिएचएम र बिआइटिएम पहिलो समेस्टरका विद्यार्थीलाई सेन्ट्रल मोडल कलेजको ओरिएन्टेशन तथा प्रेरणा कार्यक्रम

Banner

पवन पण्डित,

चितवन,कात्तिक २३-

सेन्ट्रल मोडल कलेज भरतपुरले होटल सोल्टी वेस्टएण्ड रिजोर्ट चितवनमा बिएचएम र बिआइटिएम पहिलो सेमेस्टरका विद्यार्थीहरूका लागि ओरिएन्टेशन तथा मोटिभेशन कार्यक्रम गरेको छ । नयाँ विद्यार्थीहरूलाई एकेडेमिक यात्रा, भविष्यका अवसरहरू र कलेजको गुणस्तरीय शिक्षाको दृष्टिकोणबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको सुरुवात सेन्ट्रल ग्रुपका अध्यक्ष वाई.बी.पौडेलको स्वागत मन्तव्यबाट भएको थियो। उहाँले सेन्ट्रल मोडल कलेजलाई चितवनकै उत्कृष्ट र अग्रणी हस्पिटालिटी म्यानेजमेन्ट (एचएम) र इनफर्मेशन टेक्नोलोजी म्यानेजमेन्ट (आइटिएम) अध्ययन केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको आकर्षणको रूपमा प्रो.डा.रामहरि सुवेदी (नाशा,युएसए) ले “डिजिटल लिटरेसी, साइबर सुरक्षा र आईटीका अवसरहरू” विषयमा प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँको प्रस्तुति विशेष गरी बिआइटिएमका विद्यार्थीहरूका लागि ज्ञानवर्द्धक र उत्साहवर्द्धक बन्यो।

त्यस्तै रमन भट्टराईले “सफलताका लागि सिर्जनात्मक सोच” विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गर्दै विद्यार्थीहरूमा आत्मविश्वास, सृजनशीलता र नेतृत्व क्षमता विकास गर्ने सन्देश दिनुभयो। विआइटिएम विभागका प्रमुख इन्जिनियर सुनिल कुमार सिंहले विआइटिमएको पाठ्यक्रम, अध्ययन रणनीति र आईटी क्षेत्रमा रहेका भविष्यका अवसरहरूबारे विस्तृत जानकारी दिनुभयो।

त्यस्तै, बिएचएम विभागका प्रमुख श्री प्रकाश पाण्डेले हस्पिटालिटी उद्योगका अवसरहरू, होटल व्यवस्थापनका व्यवहारिक पक्षहरू र करियर विकासका सम्भावनाहरूबारे जानकारी दिनुभयो। कार्यक्रममा सेन्ट्रल मोडल कलेजका प्रिन्सिपल डा. टी.आर.चलिसेले “चितवनमा गुणस्तरीय शिक्षाः हाम्रो अन्तर्राष्ट्रिय सहकार्य र भविष्य दृष्टि” शीर्षकमा आफ्ना विचार व्यक्त गर्नुभयो।

उहाँले सेन्ट्रल मोडल कलेजले अन्तर्राष्ट्रिय स्तरको शिक्षा, व्यावहारिक सीप र ग्लोबल एक्स्पोजर प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो। कार्यक्रमको अन्त्यमा सेन्ट्रल मोडल कलेजका सहायक प्रिन्सिपल इन्जिनियर बिपिन शर्माले समापन मन्तव्य दिँदै सम्पूर्ण पाहुनाहरू, वक्ता, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले विद्यार्थीहरूलाई समर्पित रहन, अवसरहरूको उपयोग गर्न र कलेजको प्रतिष्ठा अझ उचो बनाउने आह्वान गर्नुभयो। यस कार्यक्रमले नयाँ विद्यार्थीहरूमा उत्साह, प्रेरणा र भविष्यप्रति विश्वास जगाएको कलेजले जनाएको छ। सेन्ट्रल मोडल कलेजले गुणस्तरीय, नवप्रवर्तनशील र अन्तर्राष्ट्रिय स्तरको शिक्षाको यात्रामा यो कार्यक्रमलाई एउटा ऐतिहासिक सुरुवातको रूपमा मनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>