राजनीति

पुर्नगठित कांग्रेस लिएर चुनावमा जाऔंः गगन थापा

Banner

काठमाडौं, कात्तिक २०-

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुनर्गठित कांग्रेससहित चुनावमा जान आह्वान गरेका छन् ।

भिडियो सन्देशमार्फत् थापाले भनेका छन्, ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको के कुरामा प्रष्टता देखिन्छ भने कांग्रेस अडियो, कांग्रेस घोरियो, कांग्रेसले स्वीकार गर्‍यो, हामीले त्यो गल्ती गरेका थियौं, हामीले नागरिकका कुरा सुन्यौं, हामीले सुधारको संकल्प गर्‍यौं, हामी नयाँ भएर आएका छौं । हामीले नयाँ सुरुवात गर्ने एउटा बाचा गरेर आएका छौं, संकल्प गरेर आएका छौं ।’

‘त्यसपछि बल्ल नागरिकसँग सम्वादको नयाँ ढोका खुल्छ । त्यसपछि बल्ल हामीसँग रिसाएका नागरिकहरुले फेरि एकपटक तिमीलाई मौका दिन्छौं भनेर हामीसँग आउने अवस्था आउँछ । त्यसकारणले अधिवेशन चाहिएको हो,’ थापाले भने ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ । कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६–१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।

https://www.facebook.com/share/v/17UUtTf8ix/

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>