राजनीति

‘भात छाड्न सक्ने, मोबाइल नसक्ने’ युवाको लत बुझ्न नसक्नु सरकारको कमजोरीः शंकर पोखरेल

Banner

काठमाडौं,कात्तिक १७-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधि र मोबाइलमा बसेको युवाको लत बुझ्न नसक्नु तत्कालीन सरकारको कमजोरी रहेको बताएका छन् । मोबाइलमा लत बसेको युवालाई गलत तत्वले दुरुपयोग गरेको उनको विश्लेषण छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले मोबाइलमा बसेको युवाको लत र आशक्ति बुझ्न नसक्नु कमजोरी रहेको बताएका हुन् ।

‘सोसल मिडियाको दुरूपयोग नियन्त्रण गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतले पनि भनिसकेको थियो । तर सूचना प्रविधिमा नेपालका युवाको लत बसिकेको रहेछ’, पोखरेलले भने, ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने लत भएका युवालाई गलत तत्वले प्रयोग गरे ।’मोबाइलमा लत बसेका युवालाई सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो भन्ने निहुँमा उक्साएर भदौ २३ र २४ गतेको आन्दोलन गर्न लगाइएको उनको टिप्पणी छ ।

पोखरेलले अपराध र आन्दोलनलाई छुट्याउने कुरामा वर्तमान सरकार पूर्ण असफल भएको टिप्पणी पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>