राजनीति

बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयोः महेश बस्नेत

Banner

काठमाडौं,कात्तिक १६-

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको बताएका छन‍्। तीन वर्ष अगाडि बालेनको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा आफूलाई गाली गर्ने धेरैले अहिले ठीक भन्ने गरेको बताउँदै बस्नेतले बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको जिकिर गरेका हुन्।

तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् “तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, हिजो राति बालेन साहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ।

बालेनले अब जनता झुकाउने दिन धेरै नभएको उनले बताए। भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन, बस्नेतले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>