राजनीति

आगामी महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाएर देखाउने होः महेश बस्नेत

Banner

पोखरा,कात्तिक १५-

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले आगामी महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा आयोजना गरेको मोटरसाइकल ¥याली कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी सामाज्यवादीहरुको अगाडि केपी ओलीलाई अध्यक्ष बनाएर देखाउने दाबी गरेका हुन् ।

‘कास्कीमा ल्याएर केपी ओलीलाई विदेशी सामाज्यवादीहरुको अगाडि, दलालहरुको अगाडि देखाउने हो । केपी ओलीलाई अध्यक्ष बनाउने हो,’ उनले भने ।
नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने यसअघि तय भएको थियो । तर आज स्थान परिवर्तन गरेर काठमाडौं सारिएको छ । बस्नेतले नेतृत्व लिन चाहने नेतालाई होल्ड गर्न आग्रह गरे ।

‘एमालेभित्रका कतिपय नेताहरु पनि नेतृत्व लिन अघि बढ्नुभएको छ । केही समय होल्ड गर्नुस् । पालो सबैको आउँछ । गाडीमा लेखिएको हुन्छ । विस्तारै गए अवश्य पुगिन्छ । हतार गरे भन्न सकिन्न । विस्तार आउनुभयो भने सबैले एकता बढाउने हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>