चितवन विशेष

चितवनमा लायन्स क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

Banner

चितवन, कार्तिक १५–

लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ आर, क्लस्टर नम्बर ३ को आयोजनामा तथा होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार भरतपुरमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०७ जनाले रक्तदान गरेका छन् ।

मेडिकल सिटीका रूपमा परिचित चितवनमा पछिल्लो समय रगतको अभाव बढ्दै गएपछि लायन्सले बृहत रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले देशका विभिन्न स्थानबाट उपचारका लागि चितवन आउने बिरामीहरूले रगत नपाएर उपचारमा समस्या भोग्दै आइरहेको बेला यो कार्यक्रमले धेरै राहत दिएको बताए ।

डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटा प्रमुख आतिथ्यता तथा क्लस्टर नं. ३ का प्रमुख अजामिन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक गर्भनर प्रभाकर पण्डित, द्वितीय भाइस डिष्ट्रिक गर्भनर दिपेन्द्रप्रसाद खतिवडा, पूर्व डिष्ट्रिक गर्भनरहरू, साथै लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले आफ्नो मन्तव्यमा मानवताको आवश्यकता पर्ने ठाँउमा यस्ता गर्विला र अर्थपूर्ण कार्यक्रमहरूले संस्थाको गौरव बढाउने बताउँदै, आगामी दिनमा पनि यस्ता सेवा–मूलक कार्यहरू निरन्तर सञ्चालन गर्न सबै लायन र लियो सदस्यहरूलाई आह्वान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>