चितवन विशेष

लायन्सको पिस पोष्टर प्रतियोगितामा मान्सी श्रेष्ठ पहिलो

Banner

चितवन, कार्तिक १३–

प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको लायन्स पिस पोष्टर प्रतियोगितामा मान्सी श्रेष्ठ पहिलो भएकी छन् ।

लायन्स अन्तरराष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपाल, क्लस्टर ४ को आयोजनामा भएको प्रतियोगितामा सदिका सापकोटा दोस्रो, आऋृया श्रेष्ठ तेस्रो र अशिमा थापा मगर, लियोना राज्यलक्ष्मी मल्ल सान्त्वना स्थान हासिल गरे । लायन्स क्लब अफ नारायणगढ नारायणीले संयोजन गरेको कार्यक्रममा क्लस्टर ४ अन्तरगतका २४ वटा लायन्स क्लबहरूले ११ देखी १३ वर्ष उमेर सहूका ४५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । क्लस्टर ४ का क्लस्टर चिफ राजु पियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक गभर्नर नवराज सापकोटा प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा पूर्व गर्भनर दिनानाथ न्यौपाने, प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर प्रभाकर पण्डित, द्धितीय भाइस डिष्ट्रिक्ट गर्भनर दिपेन्द्र प्रसाद खतिवडा, सिनियर डिष्ट्रिक्ट डिपार्टमेन्ट कोअडिनेटर सुधा जोशी, राजेन्द्र गौतम, सुरेश कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>