राजनीति
आफताब आलम गम्भीर रुपमा अस्वस्थ, भेन्टिलेटरमा राखेर उपचार
०

काठमाडौं,कात्तिक १२-
गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता आफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।
पारिवारिक स्रोतका अनुसार उनलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो । जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























